Comments Add Comment

चुनावको पक्षमा ओली समूहको प्रदर्शन

१३ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका युवा संघ नेपालले मध्यावधि निर्वाचनको समर्थनमा बुटवलमा प्रदर्शन गरेको छ ।

संघको लुम्बिनी प्रदेश स्तरीय भेलाको उद्घाटन अघि शक्ति प्रदर्शनका रुपमा मोटरसाइकल र्‍याली गरिएको हो । बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको प्रदर्शन सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा पुगेर समापन भएको थियो ।

प्रदर्शनमा सहभागीहरुले नयाँ जनादेशका लागि प्रतिनिधि सभा विघटन जायज भएको भन्दै प्रधानमन्त्री ओलीको पक्षमा नारा लगाएका थिए ।

ओली पक्षीय युवा संघको भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, रमेश पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment