
फाइल तस्वीर
१३ माघ, काठमाडौं । संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिक आन्दोलनले गरेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले विरोध जनाएको छ ।
सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिक समाजले काठमाडौंमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले क्रुरतापूर्वक हमला गर्नु निन्दनीय र खेदजनक भनेका छन् ।
शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा दमन र हस्तक्षेप नगर्न सो समूहले सरकारलाई चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र संघर्षशीलताको हामी स्वागत गर्दछौं र उहाँहरुको आन्दोलनप्रति एक्यबद्धता प्रकट गर्दछौं ।’
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4