Comments Add Comment

२५० मेगावाट क्षमताको सोलार परियोजनाको अध्ययन हुने

१३ माघ, काठमाडौं । बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा स्थापना हुने २५० मेगावट क्षमताको सौर्य उर्जा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मा सिंगापुरको कम्पनी कम्पराइजेन इनर्जी सिंगापुर जेभीले पाएको छ ।

नेपालको हालसम्मकै ठूलो सौर्य उर्जा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी पत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ क्वीङले मंगलबार हस्ताक्षर गरे ।

परियोजना अन्र्तगत बाँकेको कोहलपुरमा १२५ र कपिलवस्तुको बाणगंगामा १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ ।

कुल १८ करोड ९५ लाख अमेरिकी डलर लागत रहेको अध्ययन प्रतिवेदन कम्पनीले एकवर्ष भित्र लगानी बोर्डलाई बुझाउनु पर्नेछ ।

गत असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न अनुमति दिने र यसकालागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment