+
+

राष्ट्रपतिसँग अमेरिकी राजदूतको भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १०:०५

१४ माघ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेटवार्ता गरेका छन् ।

जो बाइडनले अमेरिकाको सत्ता सम्हालेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त भएका बेरीले पछिल्लो पटक राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा राजदूत बेरीले अमेरिकी राष्ट्रपति बाइडनले लोकतन्त्रलाई मजबुत बनाउन र महिला तथा किशोरीहरुको उत्थानमा केन्दि्रत भएर कसरी काम गर्दैछन् भन्नेबारे जानकारी गराएको जानकारी दिएका छन् ।

त्यसअघि राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका थिए ।

पछिल्ला भेटहरु नयाँ राष्ट्रपति बाइडनको नेपाल र विश्वव्यापी प्राथमिकताबारे जानकारी गराउने उद्देश्यले भएको राजदूत बेरीले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?