+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

टेकुमा ८० वर्षीय व्यक्तिले लगाए कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १०:३६

१४ माघ, काठमाडौं । टेकुमा ८० वर्षका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक हुन् ।

सरकारले आजबाट देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप दिइएको छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप लगाउन लागिएको हो । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?