Comments Add Comment

सेनामा डा. कुँवरबाट सुरु भयो कोरोनाविरुद्धको खोप अभियान

१४ माघ, काठमाडौं । नेपाली सेनामा सैनिक अस्पताल, छाउनीका सहायक रथी डा. भुवनराज कुँवरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । कुँवर अस्पतालका क्लिनिकल रजिष्ट्रारसमेत हुन् ।

विभिन्न व्यक्तिमा शंकासमेत रहेका वेला खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले सिनियर अधिकृतबाटै खोप अभियोगको शुभारम्भ गरिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले अनलाइनखबरलाई बताए । छाउनीमा सैनिक अधिकारीहरुका अनुसार सरकारले दैनिक ३ सय जनालाई पुग्ने गरी खोप दिने भनेको छ ।

सेनाले प्रारम्भमा देशभर फ्रन्टलाइनमा खटिएका २१ हजार ५ सय जना सैनिकलाई कोरोना भाइरसको खोप लगाउनुपर्ने सरकारलाई भनेको थियो । यद्यपि, उपत्यकामा ४ हजार ७ जनालाई खोप दिने सरकारी निर्णय छ ।

जिल्लाको हकमा फरकफरक आवश्यकता भएकाले त्यहीँको जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर खोप लगाउने निर्णय भएको सहायक रथी समेत रहेका प्रवक्ता पौडेलले बताए । सेनाका स्वास्थ्यकर्मी र कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकहरुलाई पहिलो चरणमा खोप लगाइँदैछ ।

भारतले अनुदानमा १० लाख डोज खोप दिएपछि नेपालमा बुधबारबाट खोप लगाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment