Comments Add Comment

भारतीय दूतावासमा भारतको ७२औं गणतन्त्र दिवस मनाइयो

१४ माघ, काठमाडौं ।नेपालस्थित भारतीय राजदूतावासले भारतको ७२औं गणतन्त्र दिवसलाई विभिन्न कार्यक्रम गरी मनाएको छ ।

यही जनवरी २६ मा भारतको गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएका थिए । साथै उनले भारतका राष्ट्रपतिको सन्देश पढेर पनि सुनाए ।

उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरियो । दूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेको छ ।

सोही दिन राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना पनि गरे । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समारोहको मुख्य अतिथिका रुपमा सरिक थिए । समारोहमा नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले वेबसाइट ‘सम्पर्कभारतनेपालडटकम’को उद्घाटन समेत गरे ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुले पुर्‍याएको योगदानलाई कदर गर्दै उनीहरुको सम्मान समेत गरिएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment