+
+
Shares

रौतहटमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १५:२१

१४ माघ, रौतहट । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप रौतहटका स्वास्थ्यकर्मीहरुले पनि लगाएका छन् । बुधबार देशै भरीबाट सुरु भएको भएकोे पहिलो चरणको खोप कार्यक्रममा रौतहटका स्वास्थ्यकर्मीहरु सहभागी भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय गौरमा पहिलो खोप कार्यालय सहयोगी उमेश मण्डलले लगाएका थिए । महिला स्वास्थ्य स्वमंसेविका, सरसफाइकर्मी तथा स्वास्थ्यकर्मीहरुले खोप लिएको जिल्ला अस्पताल गौरका डा. कृष्ण साहले बताए ।

रौतहटको लागी प्राप्त भएको चार हजार भाइल खोप पहिलो चरणमा प्राथमिकतामा परेका एम्बुलेन्सकर्मी, सरसफाईकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई दिइने डा. साहले बताए । खोपको कार्यक्रम पाँच दिनसम्म जारी रहने उनले बताएका छन ।

कोरोना संक्रमणकालमा रौतहट अत्याधिक संक्रमित भएको जिल्ला पनि बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?