
१४ माघ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको छ ।
नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर ४४६ दशमलव ३८ अंकमा झरेको छ । कारोबार रकम भने ८ अर्ब भन्दा थोरै माथि पुग्यो । दिनभर भएका ५९ हजार १ सय ५१ कारोबारबाट २०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँ पुगेको छ ।
बुधबार कारोबार संख्याका आधारमा नेपाल लाइफ इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ । धेरै कमाउनेमा पनि नेपाल लाइफकै लगानीकर्ताहरु देखिएका छन् । नेपाल लाइफको ९.९९ प्रतिशतले सेयर मूल्य वृद्धि भएर २ हजार ४ सय ११ रुपैयाँ पुगेको छ । आज विहानमात्रै नेपाल लाईफको सेयर मूल्य समायोजन भएको थियो ।
नेपाल लाइफले आगामी २८ गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि आज बुधबारबाट बुक क्लोज मिति तोकिएको थियो । नेपाल लाइफले घोषणा गरेको ३१ प्रतिशत बोनस सेयर पछि मंगलबारको मूल्यलाई आधार मान्दै नेपाल लाइफले मूल्य समायोजन गरिएको हो ।
मंगलबार २ हजार ८ सय ७२ रुपैयाँ रहेकोमा समायोजन पछिको मूल्य नेपाल स्टक एक्सचेञ्जले २ हजार १ सय ९२ रुपैयाँ तोेकेको थियो । त्यसपछि पनि यस कम्पनीको सेयर मूल्य वृद्धि भएको हो ।
५ समूह बढे, अरु राताम्मे
बुधबार नेप्सेमा कारोबार हुने ६ वटा सवइन्डेक्सहरु बढेर हरियाली देखिएका छन् बाँकी सबै घटेका छन् । व्यापार ३२.९६ अंकले वृद्धि हुँदा निर्जिवन बिमा समूह ४६४.६८ अंकले बढ्यो । यसैगरी माइक्रोफाइनान्स, जीवन बिमा र म्युचुअल फण्ड पनि बढेका छन् । हेनुस् कुन सब इन्डेक्स कतिले घटबढ भए :
धेरै कमाउने १० कम्पनी :
धेरै गुमाउने १० कम्पनी
प्रतिक्रिया 4