
१४ माघ, विराटनगर । प्रदेश १ मा पहिलो पटक कोसी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देलले खोप लगाएका छन् । देशभर अभियान सुरु भएसँगै उनीहरुले खोप लगाए ।
खोप लगाएपछि डाक्टर दीपक सिग्देलले सर्वसाधारणमा देखिएको नकारात्मकता कम गर्नका लागि खोप लगाइएको बताए । ‘खोपका विषयमा समाजमा अनेकखालका आशंकाहरु छन् ।’ उनले भने ‘खोप सुरक्षित छ भन्ने सन्देश दिनका लागि हामीले खोप लगाएका छौं ।’
कोसी अस्पतालका मेसु डाक्टर दासले कोभिशिल्ड लगाउँदा असहज महसुस नभएको बताए । खोप सुरक्षित रहेको उनको भनाइ छ ।
प्रदेश १ मा खोपको महाअभियान सुरु गरिएको आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले बताए । पहिलो चरणमा प्रदेश १ का ३५ हजार फ्रन्टलाइनरलाई खोप दिइने बताउँदै उनले केही समय पछि सर्वसाधरणलाई पनि खोप दिइने बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले बुधबार प्रदेश १ का ८ जिल्लामा खोप लगाउने अभियान सुरु भएको छ । १४ जिल्लाबाट एकै दिन सुरु गर्ने भनिएपनि भौगोलिक कठिनाइका कारण बुधबार झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुममा सुरु गरिएको उनले बताए ।
निर्देशक बस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्यजिल्लामा१–१ वटा केन्द्र निर्धारण गरिएको बताए । प्रदेश १ मापहिलो चरणमा सरकारी तथानिजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ लाई खोप लगाइँदैछ ।
प्रतिक्रिया 4