+
+

सडक छेउको अव्यवस्थित तार व्यवस्थापन गर्ने निर्णय

न्यूरोड गेटदेखि जुद्ध शालिकसम्म तत्काल काम थलिने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १८:४२

१४ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाको मुख्य सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापनको लागि सक्रियता जनाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले तार व्यवस्थापनको कार्य तत्काल सुरु गर्ने निर्णय गरेको हो ।

जिल्लाभित्रका सडकमा अव्यवस्थित रहेका तारहरुले सहरी सौन्दर्य बिगारेको र बारम्बार दुर्घटना निम्त्याएको भन्दै यसको व्यवस्थापनमा स्थानीय प्रशासनले सक्रियता देखाएको हो ।

बैठकले तार व्यवस्थापनको दीर्घकालीन योजना तयार गर्न सहायक प्रजिअ जनकराज भट्टको संयोजकत्वमा सरोकारवाला निकाय सम्मिलित एउटा समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिको सदस्य सचिवको जिम्मेवारी जिप्रका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत विष्णुराज बेल्वासेलाई दिइएको छ ।

समितिले न्यूरोड गेटदेखि जुद्ध सालिकसम्म नमुना तार व्यवस्थापन गर्ने कार्य तुरुन्त सुरु गर्ने निर्णय गरेको छ । सो कार्यलाई सबै सरोकारवाला निकायले आफ्नो तर्फबाट सहयोग गर्ने सहमति गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडकको राइट अफ वेमा रहेका अव्यवस्थित तारलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्नको लागि बुधबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल केबुल टिभी महासंघ, नेपाल इन्टरनेट सेवा प्रदायक संघ लगायतका निकायको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?