Comments Add Comment

प्रदेश १ मा अविश्वासको प्रस्ताव पारित हुन्छ : भीम आचार्य

१४ माघ, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभाको अबको बैठकमा उक्त प्रस्ताव पारित हुने बताए ।

गत पुस १२ गते नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आचार्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । ७ माघमा प्रदेश १ को सातौं हिउँदे अधिवेशनको पहिलो बैठक करिब ३ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेश १ मुख्यमन्त्री शेरधन राईको विवाहका कारण प्रदेश १ को हिउँदे अधिवेशन केही दिनलाई रोकिएको उल्लेख गर्दै आचार्यले अविश्वासको प्रस्तावमा प्रतिपक्षी दलहरुले पनि समर्थन गर्ने बताए ।

अविश्वासको प्रस्ताव पारित गर्ने र त्यसपछि सरकार गठनका विषयमा प्रतिपक्षी दलसँग सहकार्य गर्ने उनले बताए । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अविश्वासको प्रस्ताव पास गराएर कांग्रेससँग सरकार र पदीय भागवण्डाका विषयमा छलफल हुने बताए ।

अविश्वसको प्रस्तावमा हस्ताक्षर गरेका पाँचजनाले हस्ताक्षर फिर्ता लिएपनि पार्टीको संसदीय दल भित्र आफ्नो समूहको स्पष्ट बहुमत रहेको उनले बताए ।

६० हजारलाई सडकमा उतार्ने

प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले विराटनगरमा ६० हजार समर्थक उतार्ने दावी गरेको छ ।

शुक्रबार विराटनगरमा ६० हजार समर्थक उतार्ने तयारी भएको आचार्यले बताए । भेलालाई सम्बोधन गर्न नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड आउनेछन् ।

प्रतिगमनको विरोधमा र्‍यालीसहित विराटनगर बजार परिक्रमा गरी महेन्द्र चोकमा कोणसभा गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment