+
+

केपी ओलीले देशलाई कालो सुरुङमा हाले : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते ११:५०

१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताएका छन् ।

पेरिसडाँडामा बिहीबार बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माघ २८ को जनप्रदर्शन निर्णायक हुने बताए ।

केपी ओलीले देशलाई कालो सुरुङमा हालेको प्रचण्डले आरोप लगाए । तर, ओलीको त्यो प्रयास विफल बनाउने प्रचण्डले बताए । ‘जनता नै त्यस्तो निर्णायक शक्ति हो, आफैंले ल्याएको परिवर्तन जोगाउन जनता सक्षम छन्’, प्रचण्डले भने ।

बैठकलाई अर्का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गरेका थिए । ओलीले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रणाली खारेज गर्न चाहिरहेको नेपालको भनाइ थियो ।

तर, प्रतिगमनविरुद्ध जनता सडकमा ओर्लिसकेकाले ओलीको प्रयास विफल हुने पनि उनले बताए ।

यो समूहले माघ २८ मा राजधानीमा विशाल जनप्रदर्शनको तयारी गरेको छ । त्यसअघि माघ २२ मा मोटरसाइकल ¥याली निकाल्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?