+
+

नेपाली फिल्मको यात्रा ३० बर्षको मात्र होः दीपकराज गिरी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १२:१६

चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले नेपाली चलचित्रको यात्रा ३० बर्षको मात्र रहेको बताएका छन । घान्द्रुकमा आयोजना गरिएको सिनेमा संवादको दोश्रो सेसन ‘सिनेमा साहितयः सम्बन्ध र साझेदारी’ बिषयमा बोल्दै दीपकले एकाध बनेका चलचित्रलाई गनेर चलचित्रको इतिहासलाई ५० बर्ष मान्न नहुने बताएका हुन् । उनले भने–‘प्रजातन्त्रको पुर्नस्थापना पछि नै नेपाली चलचित्रको उत्थान भएको हो । ३० वर्षको मात्र नेपाली चलचित्रले यात्रा पार गरेको छ ।’

यो छलफलमा कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल र कवि भूषिता वशिष्ठ सहभागी थिए । निर्देशक तथा संचारकर्मी दिनेश डीसीले यो सेसनको सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

कलाकार गिरीले भने–‘लेख्ने र बोल्ने चिज दुबै फरक हुन् । व्यवहारिक जीवनसँग जोडिने संवादले चलचित्रमा दर्शकलाई जोड्छ । लेखिने र बोलिने भाषामा फरक भएका कारण नेपाली साहित्यमाथि चलचित्र कम बनेका छन् । जटिलताका कारण नेपाली चलचित्रका निर्माता साहित्यमाथि चलचित्र बनाउन डराएका हुन् ।’

छलफलमा बोल्दै कवि भूषिताले चलचित्रको संवादमा मौलिकता हुनुपर्ने बताइन् । यस्तै, लेखक गणेश पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली चलचित्रबाट नउत्रिएको बताए ।

कार्यक्रममा बोल्दै दीपकले उपन्यासमा संवाद कम विवरण धेरै हुने भन्दै चलचित्रमा दृश्यलाई भाषामा बोल्नुपर्ने भएकाले पनि जटिल भएको सुनाए । उनले, बजेटले पनि प्रभाव पारेको सुनाए । भने–‘बजारले दुई करोड भन्दा माथिको बजेटमा चलचित्र बनाउँदा डुब्यौं भन्छ । एउटा भिलेनले नायिकालाई होलीमा रमाइरहेको ठाउँमा लखेटेको देखाउन ५ सय मानिस जम्मा गर्नुपर्छ । यसले गर्दा बजेटले थेग्न सक्दैन ।’ कवि भुषिताले भने चलचित्रकर्मी साहित्यकारहरुसँग डराउन नहुने बताइन् ।

चलचित्र पत्रकार संघका कास्कीका अध्यक्ष अरुण गिरीले लामो समयको बन्दाबन्दीपछि खुलेको चलचित्र क्षेत्र र पर्यटनको प्रचारका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?