Comments Add Comment

लागूऔषधसहित तीनजना पक्राउ

१५ माघ, काठमाडौं । काठमाडौंको टेकुस्थित कालोपुल नजिकैबाट प्रहरीले लागूऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको स्वयम्बु बस्ने १९ वर्षीय सुशिल नेपाल, सिन्धुपाल्चोक साँगाचोक गढी घर भई सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप तामाङ र महोत्तरीको खैरमारा नगरपालिका घर भई सोही ठाउँ बस्ने २४ वर्षीय निशान तामाङ रहेका छन् ।

बुधबार राति बा २ ज २०६५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट १२३ थान नाइट्रोभेट, ३० एम्पल डाइजेपाम,  ३० एम्पल फेनारगन, ३० एम्पल  नुफिन, दुई बोतल कोरेक्स बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment