Comments Add Comment

संविधानसभाका ९ सदस्यले भने – संसद् विघटन असंवैधानिक

१५ माघ, विराटनगर । मोरङका ९ जना संविधासभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको प्रावधान टेकेर प्रतिनिधिसभा भङ्ग गरेको बताएका छन् ।

बिहीबार विराटनगरमा छलफलपछि ९ जना संविधानसभा सदस्यहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संविधानमै नभएको प्रावधान टेकेर संसद् भङ्ग गरेको बताएका हुन् ।

छलफलमा सहभागी २०६४ र २०७० सालका संविधानसभा सदस्यहरुले असंवैधानिक कदम सच्याउन माग गरेका छन् । ‘आज उपलब्ध साथीहरु मात्रै बस्न पायौं, धेरै साथीहरु काठमाडौंतिर हुनुहुन्छ’ जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जयराम यादवले भने, ‘संसद् विघटनको निर्णय सच्याउन आग्रह गर्‍यौं ।’

जनता समाजवादी पार्टीको प्रदेश १ संसदीय दलको नेतासमेत रहेका यादवले संसद् विघटन असंवैधानिक कदम भएकाले सच्याउन आग्रह गर्ने निर्णय भएको बताए । संसद् विघटनविरुद्ध पुन छलफलमा बसेर थप कार्यक्रम गर्ने निर्णय भएको उनले बताए ।

छलफलमा संविधासभा सदस्यहरु डिगबहादुर लिम्बु, शिवकुमार मण्डल, यशोदा अधिकारी, गोपी अछामी, जयराम यादव, आशादेवी सरदार, शान्तिदेवी राजवंशी, जोगीलाल यादव सावित्रीकुमार काफ्ले सहभागी थिए । बैठकमा नेकपा ओली समूहका सभासद भने गएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment