Comments Add Comment

पोखरामा पनि बृहत नागरिक आन्दोलन

काठमाडौंमा भएको नागरिक आन्दोलनको तस्वीर ।

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदम विरुद्धमा आगामी शनिबार पोखरामा पनि बृहत नागरिक आन्दोलन हुने भएको छ ।

साहित्यकार गनेस पौडेल, तीर्थ गुरुङ, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल सुनिल सिग्देललगायत १० जनाले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै ‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ कार्यक्रमको घोषणा गरेका हुन् । ओलीको कदमले देशलाई अधिनायकवादतिर धकेल्दै लगेको भन्दै त्यसको विरुद्धमा आन्दोलनमा उत्रिन थालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चिप्लेढुंगाबाट दिउँसो ३ बजेदेखि शुरु हुने आन्दोलन महेन्द्रपुल भीमसेन दाहालको शालिक अगाडि पुगेर अन्त्य गर्ने बताइएको छ । अब पनि नबोले भविष्यमा वाक स्वतन्त्रता नै धरापमा पर्ने स्थिति सिर्जना भएकाले प्रतिगमनविरुद्ध आवाज उठाउन जरुरी रहेको आन्दोलनको ठहर छ ।

उनीहरुले अबको आन्दोलन नितान्त नागरिकस्तरबाट शान्तिपूर्ण र गैरराजनीतिक हुनुपर्ने बताएका छन् । विद्यार्थी शिक्षक, लेखक, समाजसेवी एवं देश र संविधानको चिन्ता गर्ने हरेक नागरिकहरु प्रतिगमनविरुद्धको आन्दोलनको हिस्सा हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment