+
+
Shares

नेवानिका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सरल कर्जा पाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १९:०५

१५ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैँक बीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता भएको निगमले जनाएको छ ।

सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत  किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे । तलबी बचत खाता संचालनमा रहेका र निगममा ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विना धितो सरल कर्जा उपभोग गर्न पाउने भएका छन् ।

सेवा अवधि ३ वर्ष भन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाह सम्वन्धी विधि बैंकले तोके बमोजिम हुने गरी सम्झौता भएको निगमकी प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।

निमगको सिफारिसमा सरल कर्जा रु १५ लाख सम्मको हुनेछ । सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजिनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैँकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैँकलाई उपलब्ध गराउने सहमति समेत भएको छ ।

कर्जाको व्याजदर हाललाई आधारदर ५.७४ प्रतिशतमा २ प्रतिशत पि्रमियम थप गरी ७.७४ प्रतिशत रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?