
१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन गर्ने छलफल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको १३ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
तर अदालतले निर्वाचन प्रक्रिया रोक्नु नभनेका कारण निर्वाचन आयोगले चुनावको तयारी पनि गरिरहेको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई चरणको चुनावमध्ये पहिलो चरण २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गर्न छलफल भइरहेको बताए । उनका अनुसार दोस्रो चरण अर्थात वैशाख २७ गते १, बाग्मती र कर्णाली प्रदेशमा चुनाव गर्ने छलफल भइरहेको छ ।
प्रतिक्रिया 4