Comments Add Comment

टिमलाई प्रेसर नहोस् भनेर सातौं नम्बरमा ब्याटिङ गरेँ : विनोद भण्डारी

१५ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटको पहिलो खेलमा चौथो नम्बरमा ब्याटिङ गरेका त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले गण्डकी विरुद्ध नटआउट १११ रन बनाए ।

समूह चरणमा तीन खेलमा चौथोमै ब्याटिङ गरेका उनी  एक खेलमा पाँचौ नम्बरमा झरे । बिहीबार बागमती प्रदेशविरुद्ध सेमिफाइनलमा विनोदले लोअर अर्डर अर्थात सातौं नम्बरमा ब्याटिङ गरे ।

आर्मीले निरन्तर विकेट गुमाइरहँदा पनि विनोद भने क्रिजमा गएनन् । २२औं ओभरमा भिम सार्की आउट भएपछि विनोद क्रिजमा पुगे, जतिबेला राजेश पुलामी ब्याटिङ गरिरहेका थिए । विनोद १९ बल खेल्दै १ चौका मद्दतमा १० रन बनाएर २७औं ओभरको चौथो बलमा आउट भए । ठूलो सट हान्ने धुमा उनी विपिन आचार्यको बलमा नन्दन यादवबाट क्याचआउट भए ।

विनोदको ब्याटिङमा किन ढिला गए भन्ने प्रश्न स्वभाविक थियो । खेलपछि उनले टिममा प्रेसर नहोस् भनेर तल्लो क्रममा बसेको प्रतिक्रिया दिए ।

राजेशको अर्धशत, विक्रम सोबको अलराउण्ड प्रदर्शन र जितेन्द्र मुखियाको ४ विकेट मद्दतमा आर्मीले बागमतीलाई सहजै ९४ रनले हरायो । तर खेल भने त्यति सहज भएन । आर्मी र बागमतीले दुवैले टप अर्डरलाई चाँडै गुमाएको थियो ।

ब्याटिङमा कमब्याक गरेको आर्मीले बलिङ राम्रो गर्दा जित सम्भव भयो । खेलपछि विनोदले जित सजिलो नभएको र सबैले राम्रो खेल्दा जित सम्भव भएको बताए । उनले भनेका छन्, टिमसंग कुरा गर्दा मेरो विकेट गए उनीहरुलाई प्रेसर हुन्छ भनेर पछि बसेको हो ।’

टप अर्डर खासै चल्न नसक्दा १७ रनमै ३ विकेट गुमाएको आर्मीका लागि राजेश पुलामी मगरले अर्धशतकीय इनिङ्स खेले ।

राजेशलाई विक्रम सोबले साथ दिँदा आर्मीले बागमतीलाई २३० रनको लक्ष्य दियो । तर विनोदले भने जम्मा १० रन मात्र बनाए ।

 

बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले फिल्डिङमा चुक्नु र ब्याटिङ राम्रो नहुनु हारको कारण भएको बताए ।  २३० को टार्गेट चेजेबल नै थियो, तर सुरुको १० ओभर हामी सम्हालिन नसक्दा स्कोर यस्तो भयो, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment