Comments Add Comment

अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन : बालुवाटार घेर्ने, सरकारी गाडी चल्न नदिने

१६ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् ।

अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् ।

अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले भने, ‘तेस्रो चरणको आन्दोलन आगामी फागुन २ गतेसम्म हुन्छ र यो चरणमा बालुवाटार घेराउदेखि प्रतिगमनकारी मन्त्रीहरुलाई सामाजिक बहिस्कार गर्ने, उनीहरुका गाडी चल्न नदिनेलगायत कार्यक्रम हुनेछन् ।’ यसक्रममा पार्टीले आयोजना गर्ने कार्यक्रममा पनि सक्रिय सहभागी हुने उनले बताए ।

अनेरास्ववियूले लिपुलेक, लिम्पियाधुरासहिको नयाँ नक्सा छापिएको पाठ्यपुस्तक सार्वजनिक गरी पढाउनुपर्ने मागसमेत गरेको छ ।

संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा र्‍याली, लालटिन जुलुस,  व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment