+
+
Shares

धेरै नोटमा हस्ताक्षर गर्ने चाहना छैनः गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १६ गते ११:३३

१६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार कुलेश्वर फलफूल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरू बजारमा नदेखिऊन् भन्ने  चाहना आफ्नो रहेको बताए ।

डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस् भन्ने आफूले चाहेको उनको भनाइ छ । ‘म नोटमा हस्ताक्षर गर्ने व्यक्ति हुँ, तर मेरो कार्यकालमा धेरै नोट छापियोस् भन्ने चाहन्न’ गभर्नर अधिकारीले भने, ‘डिजिटल कारोबार नै सुरक्षित हो, राज्यको खर्च पनि बचाउँछ यसकारण नगद होइन डिजिटल कारोबार नै रोज्न मेरो अनुरोध पनि छ ।’

क्यूआर पेमेन्टको शुरुवात पछि सेल्फी खिच्दै गभर्नर । साथमा नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायत ।

सुरक्षाको दृष्टिकोणले पनि डिजिटल कारोबार नै उत्तम हुने भन्दै उनले अब सबै नागरिकले नगद रहित कारोबारलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले डिजिटल कारोबार गर्दा राज्यको अर्बौं रकम बचत समेत हुने बताए ।

कुलेश्वरमा नबिल बैंकको अगुवाइमा क्युआर पेमेन्ट सुरुवात भएको हो । नबिलका अध्यक्ष उपेन्द्र पौड्यालले अब डिजिटल कारोबार सबैतिर पुर्‍याउनुपर्ने बताए । नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अब यो अभियानलाई व्यापक बनाइने बताए । उनले अब टोलटोलमा डिजिटल कारोबार हुने बताए ।

यसअघि शुक्रबारमात्रै एनएमबी बैंकले बल्खु तरकारी बजारमा पनि क्युआर पेमेन्टको शुभारम्भ गरेको छ । बल्खुमा पनि गभर्नर अधिकारीले नै उद्घाटन गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?