Comments Add Comment

साझाले सञ्चालनमा ल्यायोे इन्धन बोक्ने ५ वटा ट्यांकर

१६ माघ, काठमाडौं । साझा पसल सेवा (सहकारी संस्था) ले इन्धन बोक्ने पाँच वटा ट्यांकर शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । संस्थाको बल्खुस्थित कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गरे ।

यस अघि पेट्रोल पम्पहरुमा लगानी गरेको संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग हुने ट्यांकर भित्र्याएको हो । २० हजार लिटर क्षमताका पाँच वटा ट्यांकर साढे दुई करोड लगानीमा खरिद गरिएको संस्थाका कार्यकारी निर्देशक दिनेश पौडेलले बताए ।

‘इन्धन ढुवानीमा पनि अब साझा अघि बढेको छ, कुनै पनि परिस्थितमा जनताको सेवा गर्न तयार छौं,’ कार्यकारी निर्देशक पौडेलले भने । नयाँ ट्यांकरहरुले शुक्रबार देखिनै पेट्रोलियम ढुवानी थाल्ने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment