Comments Add Comment

संसद विघटनको मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता श्रेष्ठले मागे ५ घण्टा समय

१६ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न वरिष्‍ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले  भने बढी १ घण्टा भन्दा दिन नसकिने बताए ।

शुक्रबार संवैधानिक इजलासमा बहस गर्न आएका श्रेष्ठले सुरुमै आफूलाई ५ घण्टा समय दिन माग गरेका हुन् । श्रेष्ठ नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतको रिटमा बहस गर्न आएका थिए । प्रधानन्यायाधीश जबराले भने यो रिटमा अरु कानुन व्यवसायीलाई १५ मिनेटमात्र समय तोकेको भन्दै श्रेष्ठलाई १ घण्टा समय दिने बताए ।

तर श्रेष्ठले आफूले नयाँ विषय राख्न लागेको भन्दै धेरै समय चाहिने जिकिर गरे । प्रधानन्यायाधीश राणाले देव गुरुङसमेतको रिटमा नै ६६ जना कानुन व्यवसायी रहेको र छिटो बहस सक्नुपर्ने भन्दै १ घण्टा भन्दा बढी समय दिन नसकिनेमा अडिग रहे ।

करिब ५ मिनेटको वादविवादपछि श्रेष्ठले बहस गर्न सुरु गरेका छन् । उनले सरकारले संसद विघटनसम्बन्धी राष्ट्रपतिको विज्ञप्ति राजपत्रमा माघ ९ गते पुरानो मिति राखेर प्रकाशन गरिएको विषय उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment