+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

जुलुसमा जस्तो सामाजिक दुरी पशुपतिमा पनि पालना हुन्छ : मन्त्री ढकाल

अच्युत पुरी अच्युत पुरी
२०७७ माघ १६ गते १६:२६

१६ माघ, काठमाडौं । कोरोनाकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरेका भानुभक्त ढकाल सम्भवतः सबभन्दा बढी विवादित र आलोचित भए ।

कोरोना क्रमशः कम हुँदै जाँदा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइपुगेका छन् । स्वास्थ्यमन्त्री हुँदास्वास्थ्य प्रोटोकल कडा हुनुपर्छ भनेर लविङ गर्ने उनी आफैंले बनाएको प्रोटोकल खुकुलो बनाउनुपर्छ भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धाउँछन् । तर, केन्द्रमा उनीमाथि नै प्रश्न आउने गर्छ, ‘आफैंले बनाएको होइन कडा नियम ?’

शुक्रबार मन्त्रालयका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ढकालले आफ्नो व्यवहारिक समस्या सुनाए ।

उनका अनुसार कपर्यटन व्यवसायीले स्वास्थ्य प्रोटोकल कडा भएको भन्दै हरेक दिनजसो दबाब दिन्छन् । पर्यटन मन्त्रालयका सचिव अध्यक्ष रहेको नेपाल पर्यटन बोर्डले समेत कडा स्वास्थ्य प्रोटोकलले नेपालको छवि बिग्रिएको भन्दै सुधार गर्न सिफारिस गरेको छ, जुन ढकाल स्वास्थ्यमन्त्री रहँदा बनेको थियो ।

सभा जुलुसले प्रोटोकलको खिल्ली उडायो

अन्तर्क्रियाका क्रममा सञ्चारकर्मीले सोधे, यो वर्ष महाशिवरात्री पर्व के हुन्छ ? भारतबाट बाबाहरुलाई आउन दिइन्छ कि दिइँदैन ? स्वास्थ्य मापदण्ड पालना हुन्छ कि हुँदैन ? भानुभक्त ठट्यौली शैलीमा भने, ‘अहिले सभाजुलुसमा कायम भएको जत्तिको सामाजिक दूरी पशुपतिमा पनि लागू हुन्छ ।’

उनी यसमा सबै पक्षको दोष देख्छन् । आफू संलग्न नेकपा ओली समूह होस् वा अर्को समूह होस्, सभा जुलस गर्नेहरुले स्वास्थ्य मापदण्ड उल्लंघन गरिरहेको उनले बताए ।

महाशिवरात्रीसम्म पशुपतिमा सहज हुन्छ

मन्त्री ढकालका अनुसार महाशिवरात्री पर्व मनाउन अहिलेभन्दा सहज बनाउने तयारी छ । अहिले बिहानमा मात्र खोलिएको पशुपतिनाथ मन्दिर अब अन्य समयमा पनि खोल्ने तयारी छ ।

भारतबाट आउने बाबाहरुलाई समेत नेपाल आउन दिने आशय उनको छ । अहिले भारतमा धमाधम कोरोनाको खोप लगाउने अभियान जारी रहेको छ । नेपालमा समेत कोरोना खोप लगाइरहेको सन्दर्भमा अब क्रमशः बोर्डर खुकुलो गरी भारतबाट आवागमन सहज बनाउने तयारी रहेको संकेत उनले दिए ।

महत्वाकांक्षी योजना छैन

मन्त्री ढकालले पर्यटन मन्त्रालयमा आफूसँग महत्वाकांक्षी योजना नरहेको समेत स्पष्ट पारे । ‘यो मन्त्रालय मेरा सहयोद्धा कमरेडहरुले नेतृत्व गरेको मन्त्रालय हो,’ उनले भने, ‘चुनावसम्मका लागि मन्त्रालयमा आएको मैले कुनै महत्वाकांक्षा राखेको छैन ।’ मन्त्रालयका राम्रो कामलाई आफूले निरन्तरता दिने बताए ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?