Comments Add Comment

केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिसकेको छ : माधव नेपाल

१६ माघ, विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताएका छन् ।

ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिएको तर्फ संकेत गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ । हार स्वीकार नगर्ने पहलमानले यसैगरी पछारिइसकेपछि पनि खुट्टो उचाल्छ र भन्छ– मेरो खुट्टो त माथि नै छ ।’

नेकपा प्रचण्ड–माधव समूहले विराटनगरमा शुक्रबार आयोजना गरेको शक्ति प्रदर्शनमा सम्वोधन गर्दै अध्यक्ष नेपालले भने, ‘मूल पार्टी यही हो । सूर्य चिन्ह यही हो । झलनाथ खनाल यहीँ हुनुहुन्छ, माधव नेपाल यहीँ छु, यो एमालेको मूलधार हो । केपी ओली कहिले एमालेको मूल धार भए ?’

उनले भने, ‘४४१ केन्द्रीय कमिटीमा ३०० सय जना हामीसँग छन् । केपी ओलीसँग सय जना मात्र छन्, ती विचरा सयजना पनि कहाँ आएर फसियो भन्दैछन् । मूल पार्टी यही हो, सूर्यचिन्ह अरु कसैको हुँदैन ।’

प्रधानमन्त्री ओलीले आहोदाको दुरुपयोग गरेको र संविधान मिच्ने काम गरेको नेता नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment