+
+
Shares

सरकारले नागरिकलाई धम्क्याउने काम गरेको छ : कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १६ गते १८:२१
फाइल तस्वीर

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले नागरिकहरूलाई डर देखाउने र धम्क्याउने गरेको बताएका छन् ।

नेपाल महिला संघद्वारा शुक्रबार सर्लाही–३ मा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘यो सरकारले साइबर सेना लगाएर अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने र नागरिकहरूलाई धम्क्याउने काम गरेको छ ।’

नेकपा ओली समूहले अपराधीहरूलाई पार्टीमा प्रवेश गराइरहेको नेता कोइरालाको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयले देशलाई संकटतर्फ लगेको उनले बताए ।

डा. कोइरालाले संसद विघटन अलोकतान्त्रिक, असंवैधानिक बदनियतपूर्ण भएको बताए । कोइरालाले भने, ‘संसद विघटन गरेर यो सरकार सर्वसत्तावाद तर्फ अघि बढीरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?