१६ माघ, काठमाडौं । फेब्रुअरी दोस्रो साता कतारमा हुने टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ ।
जसमा कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्का छैनन् । यस्तै लेगस्पीनर सन्दीप लामिछाने पनि टिममा छैनन् ।
बन्द प्रशिक्षणमा बोलाइएको टिममा विवेक यादवले पनि स्थान बनाएका छन् । यस्तै कृष्ण कार्की, सौरभ खनाल पनि टिममा समेटिएका छन् ।
हाल युएईमा टी-१० लिग खेलिरहेका करण केसी सोमपाल कामी र कुशल मल्ल पनि टिममा परेका छन् ।
पारस र ज्ञानेन्द्र संगै सिनियर खेलाडीहरु शरद भेषावकर र बसन्त रेग्मी पनि टिममा छैनन् । टिमका सबैभन्दा अनुभवी खेलाडीमा विकेटकिपर विनोद भण्डारी छन् । यस्तै राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि समावेश छन् ।
यस बाहेक कुशल भुर्तेल, भुवन कार्की, सागर ढकाल, पवन सर्राफ, सन्दिप जोरा, आसिफ शेख, लोकेश बम, कमल सिंह ऐरी, अभिनाश बोहरा, शहाब आलम छन् ।
प्रतिक्रिया 4