+
+
Shares

सामुदायिक र सरकारी वनबाट काठ निकालेर निर्यात गर्ने स्पष्ट नीति बन्छ : वनमन्त्री आले

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १७ गते १५:०३

१७ माघ, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन कार्यविधि खारेज गरेको स्पष्ट पारेका छन् । सरकारले गत हप्ता ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको थियो ।

शनिबार नेपाल फर्निचर तथा फर्निसिङ संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री आलेले वार्षिक १० देखि १२ अर्ब बराबरको काठ आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरी काठ निर्यात गर्ने अवस्थामा पुग्नका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरिएको दाबी गरेका हुन्।

देशका २१ हजार ७ सय ५५ वटा सामुदायिक वन र सरकारी वनबाट कसरी काठ निकाल्न सकिन्छ र काठ निर्यात गर्न सकिन्छ भन्ने सम्बन्धमा स्पष्ट नीति निर्माण गर्न लागेको पनि उनले बताए।

विगतमा सामुदायिक वनबाट पाँच हजार क्युफिट काठ निकाल्न पाउने व्यवस्था भएको तर अब बन्ने वन नियमावलीमार्फत ढलेका, सुकेका, हैसियत बिग्रेका, बाढीपहिरोबाट बगाएका काठहरू एउटा सामुदायिक वनबाट वार्षिक ५० हजार क्यूफिट निकाल्न सक्ने व्यवस्था गर्न लागेको आलेले बताए।यसबाट वार्षिक करिब पाँच करोड क्युफिट काठ निकाल्न सकिने पनि मन्त्री आलेले दाबी गरे।

वन क्षेत्रबाट काठ उत्पादन भएपछि देशलाई काठमा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने स्थितिमा पुर्‍याउन आफू प्रतिवद्ध रहेको पनि मन्त्री आलेले दाबी गरे।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?