Comments Add Comment

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : राम मन्दिरबारे किन बोल्नु हुन्न ?

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीमा बनाउन लागिएको राम मन्दिरबारे नबोलेको भन्दै पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका छन् ।

शनिबार भरतपुरमा नेकपा ओली समूहले आयोजना गरेको जनसभामा ओलीले प्रचण्डको नाम नलिई त्यही क्षेत्रबाट चुनाव जितेका सांसदले राम जन्मभूमि अयोध्याबारे नबोलेको बताएका हुन् । उनले भने, यहि जिल्लाबाट छानिएका, त्यही क्षेत्रबाट निर्वाचित सांसद राज मन्मभूमि अयोध्यामा राम मन्दिर बनाउने कुरा किन चुइक्क बोल्न सक्नुहुन्न ?’

उनले अघि भने, ‘कसका डरले बोल्न सक्नुहुन्न ? बडा सक्कली राष्ट्रवादी भएर हिँड्नु भा’छ त ?

अयोध्यामा भब्य राम मन्दिर बनाउन राम र सीताको मूर्ति बनिसकेको भन्दै उनले आगामी राम नवमीमा प्राणप्रतिष्ठा गर्ने बताए ।

प्रचण्डलाई जिताउन दुईपटक चितवन आएको भन्दै उनले भने, ‘मैले माडीलाई मणि बनाउँछु भनेको थिएँ, जसका लागि भोट मागेँ, उही मणि होइन, कुँहिएको आलु जस्तो निस्किएपछि कहाँबाट हुन्छ ? उहाँले मणि बनाउन अगुवाई गर्नुहोला भनेको विरोध गर्न र खुट्टा तान्दैमा ठिक्क भयो ।’

आगामी बैशाखमा मध्यावधि चुनाव हुँदैन भनेर गरिएको प्रचार सत्य नभएको समेत उनले बताए ।

प्रधानमन्त्री ओलीले भरतपुर गोन्द्राङ नारायणगढ सडक ६ लेन विस्तार र सिटी हल शिलान्यास गरे । सिटी हल भरतपुरमा बन्ने भएपनि महानगरपालिकी मेयर रेनु दाहालले कार्यक्रममा सहभागी भएनन् । उनले गरेको विरोधतर्फ संकेत गर्दै ओलीले भने ‘एक अर्ब २० करोड रकम हामीले पठाउने, अनि केटाकेटीले शिलान्यास गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment