Comments Add Comment

गायिका दावा ग्याल्मोलाई राष्ट्रिय संगीत पुरस्कार

हेटौंडा । गायिका दावा ग्याल्मोलाई १२ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ । संगीत साधक भीम विरागको ८६औं जन्मजयन्तीको अवसरमा भीम विराग संगीत साहित्य कला प्रतिष्ठान मकवानपुरले गायिका ग्याल्मोलाई एक लाख नगद राशीसहित पुरस्कार प्रदान गरेको हो ।

भारतको दार्जीलिङ निवासी ग्याल्मोको ‘शहरभित्र के को हल्ला’, ‘फूलको डाली-डाली’ जस्ता गीतहरु चर्चित भएका छन् ।

सन् १९७० मा कक्षा १० मा पढ्दै गर्दा नेपालका तत्कालीन राजा महेन्द्रको जन्म दिवसमा दार्जीलिङबाट छनौटमा परेर पहिलो पटक नेपालमा आएर प्रस्तुती दिएकी थिइन् । उनले गोपाल योञ्जन, अम्बर गुरुङ, शान्ति ठटाल, राष्ट्रकवि माधव प्रसाद घिमिरे लगायतका संगीत सष्ट्राहरुसँग काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment