+

रंगशाला निर्माणमा सहयोग जुटाउन स्टार क्रिकेट

२०७७ माघ  १७ गते २१:०४ २०७७ माघ १७ गते २१:०४
रंगशाला निर्माणमा सहयोग जुटाउन स्टार क्रिकेट

काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक संहयोग जुटाउन स्टार क्रिकेट २०२१ हुने भएको छ ।

कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा  जनस्तरबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ ।

त्यही रङ्गशालामा आर्थिक सङ्कलनका लागि गृष्मा ब्रोडकास्टिङको आयोजनामा ‘स्टार क्रिकेट २०२१’ हुने भएको हो, जसमा खेलाडी र चर्चित कलाकारहरुले सहभागिता जनाउने छन् ।

नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेब्रेटीलाइ  दुई समूह बाँडिएको छ, जसलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् ।

 माघ २४ गते चितवनको निर्माणाधीन रङ्गशालामा हुने मैत्रीपूर्ण प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् ।

उठेको सम्पूर्ण रकम रङ्गशालाको निर्माणमा प्रदान गरिने आयोजकले बताएका छन् ।

स्टार क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय