Comments Add Comment

‘श्री ५ को सरकार’ उच्चारण गरेकोमा मन्त्री थापाले मागे माफी

१८ माघ, काठमाडौं । खानेपानी मन्त्री मणि थापाले सार्वजनिक कार्यक्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् ।

शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेका थिए ।

उनले आइतबार सामाजिक सन्जालमा स्टाटस राख्दै नेपाल सरकार भन्नुपर्नेमा भूलबस अन्यथा शब्द प्रयोग हुन गएको भन्दै क्षमा मागेका छन् ।

‘कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलबस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ,’ मन्त्री थापाले लेखेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।’

उनले अगाडि लेखेका छन्, ‘मेरो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भूलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

पूर्वमाओवादी नेता मणि थापा हाल ओली समूहमा लागेर खानेपानी मन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment