+
+
Shares

सुरेन्द्र पाण्डे भन्छन् : ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा छ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १३:२८

१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीमाथि हिन्दु राज्य बनाउने कोसिस गरेको आरोप लगाए ।

केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै उनले भने, ‘अब ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन् ।’

‘यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओली यो बाटोमा लाग्न सक्छन्’ उनले अघि भने ।

ओली समूहले २३ माघमा काठमाडौंमा आमसभा गर्दैछ । र, यो सभामा ओलीले अहिलेसम्म नभनेको विषेश कुरा भन्ने दाबी उनी पक्षीय नेताहरुले गर्दै आएका छन् ।

माओले ‘प्रतिक्रियावादीहरुले तिम्रो प्रशंसा गरे भने तिमीले बुझ्न गलत बाटोमा छौं’ भनेको सम्झिँदै पाण्डेले ओलीको कदमलाई प्रतिक्रियावादीहरुले जमजमाएर स्वागत गरिरहेको बताए । उनले अघि भने, ‘दीर्घराज प्रसाईंहरु र भद्रकुमारी घलेहरुले ओलीजस्ते रााजनेता अब नेपालमा कोही छैनन् भन्दैछन् । हिजो पञ्चायतको बेलामा कम्युनिस्टमाथि गोली दाग्नेहरु, जसले हिजो ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्ने काममा नेतृत्व गरेका थिए । आज ओली तिमी जस्तो महान कोही छैनन् भन्दैछन् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?