Comments Add Comment

खोप अभियानको पाँचौं दिन : देशभर ८८ हजारभन्दा बढीले लगाए खोप

फाइल तस्वीर

१८ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पाँचौं दिन आइतबारसम्म देशभर ८८ हजारभन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १८५ खोप केन्द्रबाट कुल ८८ हजार ७ जना लक्षित समूहका व्यक्तिहरुले खोप लगाएको जानकारी दिएका हुन् ।

प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, वाग्मती प्रदेश मा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिहरु मध्ये स्वास्थ्यकर्मीहरुले काउन्सिल दर्ता, आधिकारिक परिचयपत्र र संस्थाबाट प्रमाणिकरण गरेको विवरणहरु र अन्य समूहको हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्रसहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी अबको पाँच दिनभित्र खोप सेवा लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment