+
+
Shares

मानव सेवा आश्रमका आश्रितलाई एपीएफ अस्पतालमा निःशुल्क उपचार 

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १९:३९

१८ माघ, काठमाडौं । सशस्त्र प्रहरी (एपीएफ) अस्पतालले मानव सेवा आश्रममा रहेका अशक्त, असहाय एवं अभिभावक विहीनहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

एपीएफ अस्पताल र मानव सेवा आश्रमका बीच आइतबार एक कार्यक्रमका बीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै आश्रमका आश्रितहरुले निःशुल्क उपचार सेवा पाउनु भएका हुन् ।

अस्पतालका प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र आश्रमका अध्यक्ष रामजी अधिकारीले स्वास्थ्य उपचार सम्बन्धी पत्रमा हस्ताक्षर गरेका छन् ।

सो कार्यक्रममा एपीएफ अस्पतालका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानव सेवा आश्रमका संरक्षक एवं समाजसेवी डा. गोविन्द टण्डनको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आश्रमका आश्रितहरुलाई दिइने स्वास्थ्य सेवाले अस्पतालको सेवा विस्तार हुँदै जाने विश्वास व्यक्त गरे ।

अस्पताल र आश्रमबीच सम्झौता भएसँगै आश्रमका आश्रितहरुले एपीएफ अस्पतालबाट इमरजेन्सी, बहिरङ्ग, जनरल, तथा विशेषज्ञ ओपीडी, अन्तरङ्ग सेवा अन्तर्गतका सेवा, आईसीयु, एचसियु एचडियु, माईनर तथा मेजर अप्रेशन सेवा, प्याथोलोजी लगायतका सेवाहरु निःशुल्क उपलब्ध हुनेछ ।

सम्झौता अनुसार एपीएफ अस्पतालमा हाल कायम भएको ११० शैय्याको बेड मध्ये मानवसेवा आश्रमका असक्त, असहाय एवं अभिभावक विहीनहरुलाई तीन शैय्याको बेड उपलब्ध गराइने छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?