Comments Add Comment

टी-१० लिगमा करण केसीले गराए क्रिस गेललाई आउट

१८ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य करण केसीले युएईमा भइरहेको टी-१० लिगमा पहिलो विकेट लिएका छन् ।

चौथो संस्करणको टी-१० मा पुने डेभिल्सबाट खेलिरहेका करणले टीम अबुधाबीका क्रिस गेलको विकेट लिएका हुन् । अहिले भइरहेका खेलमा करणले आफ्नो ओभरको पहिलो बलमै गेललाई बोल्ड गरे ।

विकेट लिएपनि करणले त्यसपछि ५ बलमा १८ रन खर्चिए । करणको अन्तिम तीन बलमा जोए क्लार्कले लगातार चौका प्रहार गरेका थिए ।

टीम अबुधाबीमा रहेका नेपाली खेलाडी कुशल मल्ल भने प्लेइङ- ११ मा छैनन् । यस्तै अलराउण्डर पारस खड्का यस पटक अबुधाबीको मेन्टरको भूमिकामा छन् ।

करणले यसअघिका दुई खेलमा एक-एक ओभर बलिङ गर्दा विकेट लिन सकेका थिएनन् । डेक्कन ग्लाडिएटर्स विरुद्धको पहिलो खेलमा एक ओभरमा १७ रन खर्चिएका करणले कल्नदर्स विरुद्ध दोस्रो खेलमा सुधारिएको बलिङ गर्दै एक ओभरमा ९ रन खर्चिएका थिए ।

नेपालका अर्का खेलाडी सोमपाल कामीले पनि साविक विजेता मराठा अरेबियन्सबाट लगातार तीन खेल खेलिसकेका छन् तर विकेट लिन भने सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment