+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रीय सम्मेलन सौराहामा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते १८:१४

चाैधरी ग्रुप अन्तर्गत रहेको गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन, सौराहामा सम्पन्न भएको छ ।

विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आएको छ ।

ग्बोल नं. २ ब्राण्ड टि.सि.एल र ६३ वर्ष भन्दा पुरानो इतिहास बोकेको गोद्रेज एप्लाईन्सेस को यस क्षेत्रीय सम्मेलनमा आफ्नो व्यापारिक साझेदार बिच कम्पनीले आफ्नो मिसन/भिजन, रणनीती, विभिन्न चुनौती र अवसरका बारेमा बृहतरुपमा छलफल गरेको छ ।

उक्त सम्मेलनलाई टीसिएल कर्पोरेसन की डाइरेक्टर अफ एशियन डिस्ट्रिब्युसन् बिजनेस मिस केरोलिन ले विगत १५ वर्ष देखिको चौधरी ग्रुप सँगको व्यापारिक साझेदारीको बारेमा महत्व दिदै टिसिएलले अबको आगामी वर्षहरुमा थप स्मार्ट र हेल्दियर प्रोडक्टहरुमा फोकस रहने भन्ने बारेमा जानकारी दिए र साथै गोद्रेज एप्लाईन्सेस इन्डियाका एक्पोर्ट हेड मिस्टर सलाम सिंङ्गले गोद्रेजका नयाँ इनोभेटिभ प्रोडक्टहरु बजारमा ल्याउने तथा, एक्सक्लुसिभ शोरुम नेपालमा बनाउने र २०२२ सम्ममा गोद्रेजलाई नेपालको नं.२ ब्राण्ड बनाउने भनेर सम्बोधन गर्दै प्रकाश पाएका छन् ।

र अन्त्यमा चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर मिस्टर निर्भाना चौधरीले पनि सम्पूर्ण व्यापारीक साझेदारहरुलाई विगत वर्षमा रहेको चुनौती पूर्ण व्यापारीक वातावरणमा पनि साथ, सहयोग दिएर व्यापारलाई अझ माथी पुर्‍याउन साहयोग गरेकोमा धन्यवाद ज्ञापन दिनुका साथै, उक्त चुनौतीबाट अवसर पनि सृजना भएको र आउने दिनहरुमा यसरीनै क्षेत्रिय स्तरमा, व्यापारलाई अझ बढाएर एकिकृत उपलब्धी गर्ने र आउने वर्षमा व्यापारलाई दोब्बर गर्ने विश्वास र प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस गोद्रेज तथा टिसिएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्र्तगत इओएल प्रालि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?