Comments Add Comment

एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ

१९ माघ, काठमाडौं । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई मकवानपुर प्रहरीले एकैदिनमा पक्राउ गरेको छ ।

विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा मकवानपुर प्रहरीले सोमबार ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-८ का ७३ वर्षीय देवलाल रुम्वा, मनहरी गाउँपालिका- ९ का ४८ वर्षीय चेपाङ माइला भन्ने भोज बहादुर प्रजा, मनहरी गाउँपालिका- ६ का ४३ वर्षीय राम सिंह लोप्चन, सोही ठाउँ बस्ने ३२ वर्षीय कान्छा भन्ने राजकुमार तामाङ, २९ वर्षीय छिरिङ मोक्तान र ३८ वर्षीय प्रताप सिंह जिम्बा रहेका छन् ।

देवलाललाई २०५६ असार १६ गते जिल्ला अदालत मकवानपुरले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो भने भोजबहादुरलाई २०७५ जेठ २२ गते मकवानपुर जिल्ला अदालतले लागूऔषध मुद्दामा १० महिना कैद सुनाएको थियो ।

राम सिंह लोप्चन, राजकुमार, छिरिङ र प्रतापलाई भने जिल्ला अदालत चितवनले २०७४ साल असार २० गते लेवन मुद्दामा १०/१० हजार जरीवाना सुनाएको थियो ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार पक्राउ परेका सबैजनालाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment