Comments Add Comment

टी-१० लिगमा सोमपालले लिए पहिलो विकेट

२० माघ, काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले युएईमा भइरहेको टी-१० लिगमा पहिलो विकेट लिएका छन् । यसअघिका ३ खेलमा विकेट लिन नसकेका उनले मंगलबार चौथो खेलमा विकेट लिएका हुन् ।

साविक विजेता मराठा अरेबियन्सबाट खेलिरहेका सोमपालले कलन्दर्सविरुद्धको खेलको चौथो ओभर बलिङ गर्दै १९ रन खर्चेर १ विकेट लिए । सोमपालले चौथो ओभरको अन्तिम बलमा कप्तान सोहेल अख्तर एबलीडब्ल्यु धरापमा परे ।

सोमपालको बलिङमा सर्जिल खानले २ र सोहेलले १ छक्का प्रहार गरेका थिए ।

पुने डेभिल्सबाट खेलिरहेका अर्का नेपाली खेलाडी करण केसीले टीम अबुधाबीका क्रिस गेललाई आउट गर्दै टी-१० मा पहिलो विकेट लिएका थिए ।

अर्का नेपाली खेलाडी कुशल मल्लले भने अहिलेसम्म खेल्ने अवसर पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment