Comments Add Comment

‘२ नम्बरी’मा जोडिए दीपक मनाङ्गे, चैत्र १५ देखि छायांकन सुरु हुने

लकडाउनका कारण छायांकन रोकिएको चलचित्र ‘२ नम्बरी’को निर्माताको रुपमा दीपक मनाङ्गे पनि जोडिएका छन् । दीपकले यसअगाडि चलचित्र ‘पोई पर्यो काले’मा पनि लगानी गरेका थिए । चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले दीपक मनाङ्गेको पनि अब यो चलचित्रमा लगानी रहने बताए ।

यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । चलचित्र ‘२ नम्बरी’मा नायक दयाहाङ राई, पल शाह, नायिका वर्षा राउतको साथमा भुटानकी नायिका उगेन छोदनको मुख्य भूमिका छ ।

यो चलचित्रको बाँकी रहेको छायांकन चैत्र १५ गतेबाट सुरु गरिने निर्माता किरण नेपालीले जानकारी दिए । यो चलचित्रले २ मिल्ने साथीको कथा भन्नेछ । रेड वर्ड प्रोडक्शन र आरआरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली यो चलचित्रमा निर्माताको रुपमा थिए । चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

यो चलचित्रको छायांकन चैत्र १५ गतेबाट घान्द्रुकबाट सुरु हुने बताइएको छ । चलचित्रको प्रदर्शन मिति यो बर्षको जनैपूर्णिमामा तय गरिएको थियो । तर, कोरोनाका चलचित्रको छायांकन नै पुरा हुने सकेको थिएन ।

चलचित्रको पर्दामा एकसाथ पहिलो पटक सहकार्य गर्न लागेका नायक दयाहाङ राई र पल शाह उत्साहित देखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment