+

लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई हरायो

२०७७ माघ  २३ गते १०:०५ २०७७ माघ २३ गते १०:०५
लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई हरायो

२३ माघ, काठमाडौं । प्रिमियर लिगअन्तर्गत लण्डन डर्बी खेलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । जर्जिन्होले एकमात्र गोलको मद्दतमा चेल्सीले टोटनहमलाई १-० ले पराजित गरेको हो ।

जर्जिन्होले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेका थिए । २४औं मिनेटमा टोटनहमका एरिक डायरले टिमो वेर्नरलाई फाल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जर्जिज्नहोले गोल गरेका हुन् ।

जितपछि २२ खेलबाट ३६ अंक जोड्दै चेल्सी छैटौं स्थानमा उक्लेको छ । २१ खेलबाट ३३ अंकसहित टोटनहम आठौं स्थानमा छ ।

चेल्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय