+
+
Shares

जातीय विभेद अन्त्य नभएसम्म समृद्धि असम्भव : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १८:०५

२३ माघ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पछि पारिएका समुदायको उन्नति र विकासका लागि धेरै योजनाहरु ल्याएको भन्दै यसको अनुभूति केही वर्षपछि हुने बताएका छन् ।

सरकारले प्रदेशको समृद्धि र विकासका लागि ती योजनाहरु ल्याएको बताउँदै मुख्यमन्त्री राउतले अहिलेको योजनाको प्रतिफल केही वर्षमा पाउने बताए ।

समता फाउण्डेशनले शुक्रबार जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जातीय विभेद अन्त्य नभएसम्म विकास र समृद्धि असम्भव भएको बताए ।

संविधानले सुनिश्चित गरेकै कारण जनप्रतिनिधिमा दलितहरुको सहभागिताको परिकल्पना गर्न सकिएको भन्दै उनले आफूहरु हरेक ऐन कानुनमा दलित, महिला, मुस्लिम लगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको उल्लेख गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य चमेली देवी दास, दलित अगुवा भोला पासवान लगायतले सामाजिक न्यायका बिषयमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?