+

आईपीएल अक्सनमा ८ नेपाली खेलाडीको नाम दर्ता

२०७७ माघ  २३ गते २०:०५ २०७७ माघ २३ गते २०:०५
आईपीएल अक्सनमा ८ नेपाली खेलाडीको नाम दर्ता

२३ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको अक्सनमा नेपालबाट आठ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

कूल १ हजार ९७ जना खेलाडीले नाम दर्ता गराएकामा नेपालका सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले नाम दर्ता गराएका हुन् ।

सन्दीप यसअघि लगातार तीन संस्करण दिल्ली क्यापिटल्समा आवद्ध थिए । फेब्रुअरी १८ तारिखमा हुने आईपीएलको अक्सनका लागि बिहीबारसम्म खेलाडी दर्ताको मिति तोकिएको थियो । १ हजार ९७ मध्ये आठ सय १४ जना भारतीय र दुई सय ८३ जना विदेशी खेलाडी रहेका छन् ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय