+
+
Shares

भागरथीका हत्यारा पक्राउ गरी कारबाही गर्न नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १२:१८

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीय भागरथी भट्टका हत्यारालाई पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका हुन् ।

सरकारले नै अपराधीको संरक्षण गरेकोले हत्यारा र बलात्कारका घटना दोहोरिएको आरोप लगाउँदै नेविसंघले निर्मला पन्त प्रकरण दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

गत बुधबार विद्यालयबाट घरतर्फ हिँडेकी भट्ट बिहीबार विभत्स अवस्थामा बाटोमै मृत भेटिएकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?