+
+
Shares

चितवन निकुञ्जमा ४५ वर्षको हात्ती शंकरप्रसादको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १६:०८
फाइल तस्वीर

२५ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा शंकरप्रसाद नामको ४५ बर्षको हात्तीको मृत्यु भएको छ ।

निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार माघ २१ गते बिरामी परेर उपचार थालिएको सो हात्तीको माघ २२ गते मृत्यु भएको हो । शंकरप्रसाद निकुञ्जको लामिचौर पोष्टमा रहेर निकुञ्जको सुरक्षामा खटिएको थियो ।

हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार मृत हात्तीको पूजापाठ गरेर अन्त्येष्टि गरिएको छ । चालु आर्थिक बर्षमा चितवन राष्ट्रिय निकुञ्जको ५ वटा घरपालुवा हात्तीको मृत्यु भएको छ ।

निकुञ्जका चिकित्सक डा. विजय श्रेष्ठका अनुसार हात्तीको मृत्यु सानो आन्द्रा गाँठो परेर भएको हो । उनले भने, ‘हामीले पोष्टमार्टम गरेर हेर्दा सानो आन्द्रो हावा पनि पास नहुने गरी गाँठो परेको रहेछ, रगत सप्लाई पनि थिएन, बचाउन प्रयास गरे पनि सकिएन ।’

उनले मान्छेमा पनि कहिलेकाँही यस्तो समस्या आउने बताए । ‘मान्छेलाई भए तत्कालै अप्रेसन गरेर बनाउन सकिन्छ तर हात्तीमा त्यो सम्भावना भएन, भिडियो एक्सरे मेसिनले पनि भेट्दैन, डा. श्रेष्ठले भने, ‘पोष्ट पनि टाढा थियो, अझै १५ बर्ष बाँच्ने हात्ती हो, दुःख लागेको छ ।’

गैंडा मृत भेटियो

निकुञ्जको मुख्य इलाका बगाइ माडी सेक्टर अन्तर्गत घाँघरमा सडेगलेको अवस्थामा अन्दाजी ४० बर्षको गैंडा मृत फेला परेको छ । निकुञ्जले दिएको जानकारी अनुसार माघ १३ गते गैंडा मृत भेटिएको हो ।

गैंडा प्राकृतिक कारण मरेको अनुमान निकुञ्ज कार्यालयको छ । चालु आर्थिक बर्षमा मात्रै २३ वटा गैंडा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएको छ । यसै बर्ष चोरी शिकारीलेसमेत गैंडा मारेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?