+
+
Shares

थप ११९ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १७:०३

२५ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २ हजार २५१ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ८३ जना पुरुष गरी कुल ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६८ हजार ७२ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ हजार ८१५ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९३१ जना होम आइसोलेसनमा, ५६ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?