+
+
Shares

प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते ११:३४

२७ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ९ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ थियो ।

आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

सोमबार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबारका लागि १ हजार ३४० रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?