
२७ माघ, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-७ वामीटक्सार बजारमा अनुगमन गरिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको निर्देशनमा वामीटक्सार बजारमा खाद्य ,गुणस्तर अनुमन पहिलोपटक गरिएको हो ।
२२ पसरलमा अनुगमनका क्रममा २१ किलो सुजी, कोकाकोला ३ कार्टुन, शोव आधा किलो , रामदेब कम्पनिको घ्यू डेढ किलो, आटाचक्की लगायतका म्याद नाघेका अखाध्य बस्तु बरामद गरिएको छ ।
यस्तै अनुगमनको क्रममा मुल्यसुचि नराखेको ,दर्ता गरेअनुसारको व्यापार नगरेको पाइएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देहनालय भैरवहाका अधिकृत राजकुमार घिमिरे बताए ।
केही सामग्रीहरु कम्पनीलाई नै फिर्ता पठाउने तथा केही बरामद सामग्रीलाई वामी प्रहरीले नष्ट गर्ने गरी जिम्मा दिइएको छ । बजारमा हुने कालो बजारी र म्याद गएका सामग्रीहरुको अनुगमन हुने गर्दछ ।
जिल्ला सदरमुकाममा मात्रै गरिँदै आएको बजार अनुगमन सदरमुकाम बाहिरका ग्रामीण बजारहरुमा पनि गर्न थालिएको छ ।
बजार अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरवहाका अधिकृत राजकुमार घिमिरे, जिल्ला प्रसाशन कार्यालयबाट नेत्रप्रसाद पन्थी, घरेलुबाट रबिलाल केसी, उद्यमी सहज विकास कर्ता बिक्रम ज्ञवाली रहेका थिए ।
त्यस्तै उद्योग वाणिज्य संघ गुल्मीका रामप्रसाद पन्थी, मुसिकोट नगरपालिका उद्योग वाणिज्य शाखाका सुदर्शन शाक्य, जिल्ला उपभोक्ता हित संरक्षण मन्चका प्रमुख युवराज भण्डारीलगायत पत्रकारहरुको सहभागितामा अनुगमन गरिएको थियो ।
प्रतिक्रिया 4