Comments Add Comment

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता

२७ माघ, काठमाडौं । अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई  ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको उनले बताए ।

मन्त्री पौडेलका अनुसार सरकारले खर्च नहुने आयोजनाको रकम काटेर निर्वाचन खर्च जुटाउन लागेको छ । निर्वाचन खर्च मितव्ययी बनाइने समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment